back

विपत् व्यवस्थापन गर्न तीनवटै तहका सरकारको आपसी सहकार्य आवश्यक छ –प्रधानमन्त्री देउवा

काठमाडौं । माघ २ गते
विपत् व्यवस्थापन गर्न तीनवटै तहका सरकारको आपसी सहकार्य आवश्यक रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ । २४औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सबैको विपत् व्यवस्थापनमा समन्वय आवश्यक हुने बताउनु भएको हो ।

०७२ सालको भूकम्प पश्चात विपत् व्यवस्थापन लगायतका विषयमा महत्वपूर्ण अनुभव हासिल गरिसकेको र भूकम्प प्रतिरोधी भवन निर्माणका लागि दक्ष जनशक्ति निर्माण भएको उहाँको भनाई छ । उहाँले विगतका कमी कमजोरीबाट पाठ सिकेर अघि बढ्नु बुद्धिमानी हुने र राहत र उद्दारका कार्यक्रममा प्रभावकारी रुपमा लाग्नुपर्ने जिकिर गर्नु भएको छ ।

प्रधानमन्त्री देउवाले जनशक्ति सेवालाई तत्काल उपयोग र आवश्यक परेको बेला प्रयोग गर्नका लागि तयारी अवस्थामा राख्ने गरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आग्रह पनि गर्नु भएको छ । उहाँले ‘विपत् व्यवस्थापनमा तीनवटै तहको सरकारले आपसी सहकार्य र समन्वय गर्नुपर्ने बताउनु भएको छ ।


भरतपुर महानगर मेयरमा रेणु दाहाल विजयी

भरतपुर महानगर मेयरमा रेणु दाहाल विजयी

वि.सं.२०७९ जेठ १० मंगलवार ०१:०४

काठमाडौं । जेठ १० गते चितवनको भरतपुर महानगरपालिका मेयरमा सत्ता...

लुम्बिनी नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले निर्वाचित

लुम्बिनी नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले निर्वाचित

वि.सं.२०७९ जेठ १० मंगलवार ००:५५

काठमाडौं । जेठ १० गते रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका मेयरमा...

युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु– जेलेन्स्की

युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु– जेलेन्स्की

वि.सं.२०७९ जेठ १० मंगलवार ००:४४

काठमाडौं । जेठ १० गते युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध...

पोखरामा एमालेले मेयरको टिकट खोसेको पौडेलको वडा पनि गुमायो

पोखरामा एमालेले मेयरको टिकट खोसेको पौडेलको वडा पनि गुमायो

वि.सं.२०७९ जेठ १० मंगलवार ००:३४

काठमाडौं । जेठ १० गते यसपालि एमाले एकजुट छैनन् ।...

रुपन्देहीको कोटहीमाई गाउँपालिका प्रमुख र उप–प्रमुखमा लोसपा निर्वाचित

रुपन्देहीको कोटहीमाई गाउँपालिका प्रमुख र उप–प्रमुखमा लोसपा निर्वाचित

वि.सं.२०७९ जेठ १० मंगलवार ००:२५

काठमाडौं । जेठ १० गते रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक...

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

वि.सं.२०७९ जेठ ९ सोमवार ०९:३८

काठमाडौं । जेठ ९ गते कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...