back

शव्दपुष्पमा स्व.डा डिम्पल कुमारी झा,अलविदा प्रिय नेतृ

नवराज लम्साल

काठमाडौं । डा.डिम्पल कुमारी झा, एक साधारण जीवन शैली र असाधारण बहुमुखी प्रतिभा भएको एक कतव्यनिष्ठ छोरी, एक असल बुहारी, ज्ञान, बिज्ञान र तर्कपूर्ण एकादेशकी राजकुमारी जस्तो परिकल्पना गरिएको परी जस्ती जीवन संगिनी र हिमाल जस्तै अटल, ममता र करूणाको खानी गर्व गर्न लायक आमा हुनुहुन्थ्यो । समग्रतामा उहाँ छोटो आयु लिएर यो धराधाममा आउनुभएको मधेसी जनताको उन्मुक्ति, उन्नति, प्रगति, बिकास, सचेतनाको संबाहक र नेपाली महिला आजन्दोलनको एउटा चम्किलो धुर्वतारा हुनुहुन्थ्यो ।

भारत विहार सितामढी जिल्लाको ससौला कला गाउँमा पिता सुदर्शन पाठक र माता सोभा पाठकको एक्ली छोरी डिम्पल कुमारी पाठक नै पछि डा. डिम्पल कुमारी झाको रूपमा प्रख्यात हुनुभयो । सितामढी जिल्लाको सभा ससौंलामा रहेको प्रोजेक्ट हिन्दु बालिक हाईस्कुलबाट शिक्षा लिनुभएको डा. डिम्पल झा बिद्यार्थीकाल देखि नै अव्वल बिद्यार्थी हुनुहुन्थ्यो । भारतको ग्वालीयर बाट बीएमएस – आयुर्वेद- सम्म अध्ययन गरेर हजारौं बिरामीलाई जीवन दिनुभएको उहाँले काठमाडौं को ओजस आयूर्वेधिक अस्पतालमा चिकित्सकको रूपमा काम गर्दै नरदेवी आयुर्वेदिक अस्पतालमा समेत आठौं तहमा राष्ट्रसेवक भएर काम गर्नुभएको थियो ।

कुनै बेला आयलनिगममा समेत काम गर्नुभएको उहाँले बृद्धिबिकास र अध्ययनलाई निरन्तरता दिन जागिर छाड्नुभएको थियो । नेपालको प्रकृतिक चिकित्सामा उदाउनु भएको डा.डिम्पल एक आफैमा सबै हुनुहुन्थ्यो । जीबनलाई हरेक प्रकारको परीक्षाहरूमा होम्नुपर्छ र सदैब उत्कृष्ट नतिजा ल्याउनुपर्छ भन्ने उहाँको मान्यता थियो ।

भारत सीतामढीको किसान कलेजबाट आईएसी सिध्याएपछी डिम्पल कुमारी पाठकको बिबाह मधेसको उदयमान राजनीतिकर्मी स्व। गजेन्द्रनारायण सिंहको असल पहरेदार, बहुमुखी प्रतिभाको धनी रौटहट निवासी चर्चित युवा अनिलकुमार झा संग २०५२ सालमा भएको थियो । त्यसपछि डिम्पल कुमारी पाठक, डिम्पल कुमारी झा बन्नुभएको हो ।

मधेसको तत्कालीन समाजको एउटा प्रतिष्ठित उच्च बर्गिय परिवारमा बुहारीको रूपमा भित्रिनु भएको उहाँलाई नेपाली नारी अभियानको नेतृत्वकर्ता, कुसल डाक्टर, पार्टीको नेतृ, संबिधान सभाको सभाषद हुँदै दुई नं प्रदेशको प्रदेश बिधायक र भैतिक पूर्वाधार राज्य मन्त्री सम्म बन्ने अवसरको ढोका खुलाउन माननीय अनिलकुमार झाको परिवारको जति योगदान थियो त्यो भन्दा बढी डा.डिम्पल कुमारी झाको अथक लगन, राजनीतिक प्रतिको प्रतिवद्दता र जनताको अथाह मायाको परिणाम नै थियो ।

नेपाली राजनैनिक क्षितिजमा निक्कै थोरैलाई मात्रै त्यो सौभाग्य मिलेको छ जुन सौभाग्य श्रीमान्, श्रीमती नै देशको मन्त्री, संसद, पार्टीको उच्च तहमा पुग्ने अवसर उहाँको आफ्नै बलवुता र मेहनतको कारण प्राप्त भएको थियो । डा. डिम्पल कुमारी झा मुलतः नेपाल सद्भावना पार्टीको कार्याकर्ता, नेता हुँदै २०७० सालबाट राष्ट्रिय राजनीति मा नेपाल सद्भावना पार्टीको संबिधान सभासदस्य भएर उदाउनु भएको हो । पछि राजपा, जसपा र लोसपाको नेतृको रूपमा नेतृत्वमा रहनुभयो । उहाँ महिला, मधेसी, शिल्पीर दलित, थारू, मुस्लिम, आदिवासी, जनजाति, पिछडावर्ग र अधिकारबाट बञ्चित भएको बहिष्करणमा परेको तल्लो वर्गको आवाज बुलन्द गर्दै लोकतन्त्रको मर्म, दर्शन, बिचार, सिद्धान्त, मूल्य, मान्यता र अभ्यासबाट उठ्नुभएको सरल कार्यकर्ता प्रेमी, बिकासवादी नेतृ हुनुहुन्थ्यो । आफ्नै बलबुतामा जागरणको उद्घोष गरेर हिमाल, पहाड, मधेसर तराईमा समग्रतामा नेपाल बुझेको मेरो नेता । त्यो भन्दा बढी मलाई र मेरो परिवारलाई माया गर्ने आत्मिय प्रिय मेरो अभिभावक, आमा समानको भाउजु हुनुहुन्थ्यो ।

भनिन्छ जीवन, बिबाह र मरण छैंटौको भाविको लेखान्त हो । सधैंभरि आफ्नो घरपरिवार र सरिरको भन्दा बढी नेपाली जनताको अधिकार, मधेसको बिकास र जनताको सुखदुःखमा सहभागी हुनुहुने डा.डिम्पल भाउजूलाई कत्ति छिट्टै क्यान्सर जस्तो जटिल रोगले समातेछ पत्तै पाउन सकिएन् । ४० बर्षको कलिलो उमेरमा नै क्यान्सरले थिलो– थिलो पारेपछि रोग त पत्ता लाग्यो तर त्यो बेला रोगले यसरी गाँजिसकेको थियो कि उपचार कुनैपनि हालतमा सम्भव थिएन ।

उहाँ संग असाध्यै नजिकबाट बुझ्ने र सहकार्य गर्ने अवसर त्यतिबेला मात्रै प्राप्त भयो जतिबेला मधेसबादी ६ बटा पार्टी मिलेर राजपा नेपाल गठन भयो । पहिला उच्चस्तरीय बैठकहरूमा म नेपाली जनतादलको केन्द्रीय महासचिव को हैसियतमा उपस्थित हुन्थे अनिल कुमार झा दाजु नेपाल सद्भावना पार्टीको अध्यक्षको हैसियत मा र डा. डिम्पल कुमारी झा सभाषदको हैसियतमा थुप्रैपटक साझा मञ्चहरूमा सहकार्य भएको भएपनि राजपा गठनपछि संयोगले हामी एउटै पार्टीमा आवध्द भयौं । राजपाको अध्यक्ष मण्डलको सदस्य हुदै पटक–पटक अध्यक्षको भूमिका निर्वाह गर्नुभएको अनिल कुमार झा संग मेरो र मेरो श्रीमती पूर्व मन्त्री कल्पना पाण्डेको सम्बन्ध नेता र कार्यकर्ताको जस्तो नभएर दाजुभाइ र दिदिबहिनीको जस्तो पारिवारिक भयो ।

डा. डिम्पल भाउजु संग अझ बढी त्यतिबेला सहकार्य भयो जतिबेला भारतीय राजनीतिमा असाध्यै प्रभाव पार्न सक्ने मेरो परम प्रिय गुरु स्वामी दिव्यानन्द को नेपाल भ्रमण र जनकपुरको रामजानकी मन्दिरमा भारतीय प्रधानमन्त्री मोदीको तर्फबाट पूजाअर्चना सहित भव्य कार्यक्रम गर्ने चाहना व्यक्त भयो । त्यतिबेला उहाँ २ नं प्रदेशमा भौतिक पूर्वाधार राज्य मन्त्री हुनुहुन्थ्यो । अनिल कुमार झा, डिम्पल कुमारी झा, कृष्णा सिंह लगायत दुई नं प्रदेश सरकारको सहयोगको कारण गुरूको भ्रमण असाध्यै सफल भएको थियो । त्यो वेलामा डा. डिम्पल भाउजुले गर्नुभएको अथाह प्रेम, सहयोग, अहोरात्र खटेर देखाउनु भएको स–दयता र सरलतालाइ बयान गर्ने शव्द नेपाली शव्द भण्डारमा नै छैन ।

 

भारतको क्यान्सर हस्पिटलमा पटकपटक उपचार गरेको भएपनि डाक्टरहरूले उहाँलाई अन्तिम स्टेजमा छ भनेर फर्काएका थिए । डाक्टरले दिएको समयभन्दा अठार महिना उहाँको उच्च मनोवलको कारण यो धराधाममा रहनुभयो । उहाँले पल– पल आफ्नो रोगलाई बिर्सेर देश, जनता र लोकतन्त्रको बिषयमा असाध्यै चिन्ता गर्नुभयो जतिदिन बाँच्नु भयो जनताकै लागि बाँच्नुभयो ।

पछिल्लो पटक भेट्दा गजेन्द्रनारायण स्मृति हस्पिटल को सपना पूरा गरेर मात्रै मर्छु भन्नुभएको थियो डा. डिम्पल भाउजुले नभन्दै अनिल कुमार झा दाईले देख्नुभएको सपना स्व.गजेन्द्रनारायण सिंहको ९७ औं जन्म दिवसको अवसर पारेर चैत २७ गते रौतहटमा सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारीबाट सिलान्यास गराएर बैशाख ११ गते यो धराधामबाट सधैंका लागि महाप्रस्थान गर्नुभयो ।

मधेसको तत्कालीन समाजको एउटा प्रतिष्ठित उच्च बर्गिय परिवारमा बुहारीको रूपमा भित्रिनु भएको उहाँलाई नेपाली नारी अभियानको नेतृत्वकर्ता, कुसल डाक्टर, पार्टीको नेतृ, संबिधान सभाको सभाषद हुँदै दुई नं प्रदेशको प्रदेश बिधायक र भैतिक पूर्वाधार राज्य मन्त्री सम्म बन्ने अवसरको ढोका खुलाउन माननीय अनिलकुमार झाको परिवारको जति योगदान थियो त्यो भन्दा बढी डा.डिम्पल कुमारी झाको अथक लगन, राजनीतिक प्रतिको प्रतिवद्दता र जनताको अथाह मायाको परिणाम नै थियो ।

नेपाली राजनैनिक क्षितिजमा निक्कै थोरैलाई मात्रै त्यो सौभाग्य मिलेको छ, जुन सौभाग्य श्रीमान्, श्रीमती नै देशको मन्त्री, संसद, पार्टीको उच्च तहमा पुग्ने अवसर उहाँको आफ्नै बलवुता र मेहनतको कारण प्राप्त भएको थियो । डा. डिम्पल कुमारी झा मुलतः नेपाल सद्भावना पार्टीको कार्याकर्ता, नेता हुँदै २०७० सालबाट राष्ट्रिय राजनीति मा नेपाल सद्भावना पार्टीको संबिधान सभासदस्य भएर उदाउनु भएको हो ।

भाउजू यतिबेला मेरो आँखामा तपाईंको सचित्र नाचिरहेको छ । कुनै पनि सम्बन्ध यतिधेरै आत्मिय भयो भने पनि गार्‍हो हुदो रहेछ । मृत्यु शाश्वत सत्य हो तर तपाईं यति कलिलो उमेरमा नै छाडेर जानुहोला भन्ने थिएन तपाईंको मृत्यु हुँदा मलाई असाध्यै पीडाबोध भयो । मेरो प्रिय आदरणीय अभिभावक, नेता भन्दा बढी मेरो प्यारो दाजु अनिलकुमार झा ले कसरी यो बज्रपात सहन गरिरहनुभएको छ म अनुमान मात्रै लगाउन सक्छु, महशुस मात्रै गर्न सक्छु । यतिबेला सिङ्गै मुलुकले एक कुसल, निर्भीक, जुझारू, लडाकु मधेसी नेतृ र हिमाल, पहाड, मधेस र तराइलाई उत्तिकै माया गर्ने ममताको खानी गुमाएको छ । देशले तपाईबाट लिनुपर्ने थुप्रै थियो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एउटा हस्ति गुमाएको छ । तपाईंको अधुरो सपनाहरू पूरा गर्न अनिल कुमार झा दाजुसंग पार्टीको एक नेता र कार्यकर्ताको हैसियतले मैले सदैव साथ र कृयाशिल रहने प्रतिवद्दता व्यक्त गर्दै प्रिय भाउजूको निधनबाट झा परिवारमा पर्न गएको अपुर्णिय क्षति तथा धैर्यधारण गर्न श्री पशुपति नाथले हौसला प्रदान गर्नुको साथै शोक सन्तप्त परिवार छोरा उज्जवल झा, बुहारी मानषी ठाकुर झा र दाजु अनिलकुमार झा प्रति हार्दिक समबेदना व्यक्त गर्दै स्व. डा. डिम्पल कुमारी झा भाउजुको बैकुण्ठबासको हार्दिक कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । अलविदा प्रिय भाउजू ।


गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

वि.सं.२०७९ जेठ ९ सोमवार ०९:३८

काठमाडौं । जेठ ९ गते कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:३५

काठमाडौं । जेठ ९ गते ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदमा...

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:१६

काठमाडौं । जेठ ९ गते काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा...

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:०२

काठमाडौं । जेठ ९ गते १६ वटा स्थानीय तह रहेको...

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:५३

काठमाडौं । जेठ ९ गते जिल्ला समन्वय समिति गठनका लागि...

रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित

रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:११

काठमाडौं । जेठ ९ गते स्थानीय तह निर्वाचन २०७९ मा...