लमजुङमा १० हजार बढीले राष्ट्रिय परिचयपत्र दर्ता गरे

वि.सं.२०७९ साउन ८ आइतवार

काठमान्डौ । लमजुङमा १० हजार भन्दा बढीले राष्ट्रिय परिचयपत्र दर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङबाट आर्थिक वर्ष २०७८र०७९ को असारमसान्त सम्ममा १० हजार १ सय २४ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका हुन् ।
राष्ट्रिय परिचयपत्र दर्ता गर्नेमा ६ हजार ३ सय ८६ जना पुरुष र ३ हजार ७ सय ३८ जना महिला रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जगदीश मिश्रले बताए । गत आर्थिक वर्ष २०७७र०७८ मा ८ हजार २ सय ६९ जनाले राष्ट्रिय परिचयपत्रका लागि व्यक्तिगत विवरण दर्ता गरेका थिए ।जसमध्ये, ४ हजार ७ सय २८ पुरुष र ३ हजार ५ सय ४१ जना महिलाले राष्ट्रिय परिचयपत्र बनाएको सूचना अधिकारी मिश्रले बताए । लमजुङमा जिल्ला प्रशासन कार्यालयबाट २०७७ साउन ३१ गतेदेखि राष्ट्रिय परिचयपत्र बनाउन सुरु भएको हो । १६ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन पाउनेछन् ।
परिचयपत्रमा व्यक्तिगत र जैविक बायोमेट्रिक गरी दुई विवरण ‘इन्ट्री’ गरिनेछ । नेपाल सरकारले राष्ट्रिय परिचयपत्रका लागि नेपाली नागरिकता अनिवार्य चाहिने र राहदानी निकाल्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
प्रकाशित समय : ०५:०२ बजे