आज देखी राहदानीको अनलाइन आवेदन खुल्ने

वि.सं.२०७९ साउन १७ मंगलवार

काठमान्डौ । आज बिहान ११ बजेदेखि राहदानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन खुल्ने भएको छ । राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा आज देखि भने बिहान ११ बजेबाट नै खुलाउन लागेको हो ।
विभागले हिजो सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको हो । विभागले हाल दुई हजार चार सय जनाको प्रि–इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने तयारी गरेको छ ।
प्रकाशित समय : ०५:१८ बजे