दोलखामा रद्ध गरिएका मतदान केन्द्रहरुमा पुनः मंसिर १५ गते मतदान

वि.सं.२०७९ मंसिर १२ सोमवार

काठमान्डौ । यहि मंसिर १५ गते दोलखाका रद्ध गरिएका मतदान केन्द्रहरुमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगको निर्देशन अनुसार आगामी मंसिर १५ गते पुनः मतदान गर्न लागिएको हो । जिल्लाको वैत्यश्वरको वडा नं .६ ९क, ख, ग, वैत्यश्वर ३ को कालिढुङ्गा ९क, ख, ग, वैत्यश्वर २ को जनज्योति ९क, ख र तामाकोसीको जामुने हेल्थपोस्ट ९क, ख केन्द्रमा पुनः निर्वाचन हुन लागेको हो ।
मंसिर ४ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले मतदानका क्रममा बुथ क्याप्चर भएको भन्दै उजुरी दिएका थिए । निर्वाचन आयोगले सो स्थानमा पुनः मतदान गराउने सुझाव दिएको थियो ।
प्रकाशित समय : ०६:१८ बजे