सिडिओहरुलाई गृहमन्त्री लामिछानेको निर्देशन

वि.सं.२०७९ पुस १८ सोमवार

काठमान्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरबारबाट ७७ वटै जिल्लाका सुरक्षा समितिलाई निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले सकेसम्म छिटोछरितो ढंगले जनताका काम गर्न सीडीयो र प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।
गृहमन्त्रीले मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्था बुझ्न सोमबार बिहान प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखहरुसँग भर्चुअल बैठक गरेका थिए । त्यस्तै मन्त्री लामिछानेले शीतलहर, जाडोका साथै प्राकृतिक प्रकोपबाट जनतालाई बचाउन योजनासहित काम गर्न पनि निर्देशन दिएको बताइएको छ ।
प्रकाशित समय : ०५:३९ बजे