उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कार प्रदान गरिने छ –मुख्यमन्त्री यादव

वि.सं.२०७९ माघ ४ बुधवार

काठमाडौं, माघ ४ गते । प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै प्रदेशमा भ्रष्टाचार न्यूनीकरणका लागि ठोस कदम तत्काल चल्ने मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले बताएका छन् ।आज प्रदेश सभाको बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री यादवले प्रदेशमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कार प्रदान गरिने बताएका छन् ।
उनले प्रदेशसभा निर्वाचन क्षेत्रमा विचौलियाबाट हुने विकास निर्माणको काम रोकेर सांसदकै निगरानीमा योजना अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । देशको विकासमा सबै दलको साझा धारणा बनाएर काम गर्ने भन्दै विश्वासको मत दिन सांसदहरूसँग आग्रह गरेका छन् । प्रदेशसभामा मुख्यमन्त्री राउतले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सुरु भएको छ ।
प्रकाशित समय : ०७:३७ बजे