back

कर्णाली प्रदेश सरकारका चार मन्त्रीले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई शपथ खुवाएका हुन् । बुधबार हुने भनिएको शपथ रोकिएको थियो। कांग्रेसको केन्द्रीय नेतृत्वको दवावमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्ति रोकेका थिए। बिहीबार बिहान कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निवासमा भएको छलफलबाट नियुक्ति र शपथ गराउने सहमति जुटेको थियो।

मुख्यमन्त्री शर्माले कांग्रेसबाट सिफारिस भएका आर्थिक मामिला तथा योजना मन्त्रीमा वेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गराज पोख्रेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार विसी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा माओवादी सांसद उर्मिला विश्वकर्मालाई नियुक्त गरेका थिए ।

विश्वकर्मा यसअघि भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्री थिइन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालय संख्या संशोधन गरेपछि उनलाई मन्त्री नियुक्त गरिएको हो।


भारत भ्रमण निस्कनु अघि चिनियाँ उच्च अधिकारीसँग प्रधानमन्त्रीको भेटवार्ता

भारत भ्रमण निस्कनु अघि चिनियाँ उच्च अधिकारीसँग प्रधानमन्त्रीको भेटवार्ता

वि.सं.२०८० जेठ १७ बुधवार ०४:२६

काठमाडौं, १७ जेठ । भारत भ्रमणमा निस्कनु केही घन्टा अघि...

बाग्मती प्रदेश सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथी छलफल गर्ने

बाग्मती प्रदेश सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथी छलफल गर्ने

वि.सं.२०८० जेठ १७ बुधवार ०४:१३

  हेटौंडा, १७ जेठ । आज बागमती प्रदेशसभा बैठक बस्दैछ...

रेशमको आममाफीविरुद्धको मुद्धामा सर्वोच्चमा आज सुनुवाइ हुँदै

रेशमको आममाफीविरुद्धको मुद्धामा सर्वोच्चमा आज सुनुवाइ हुँदै

वि.सं.२०८० जेठ १७ बुधवार ०४:०६

काठमाडौं, १७ जेठ । टीकापुर नरसंहारमाका दोषी ठहर पूर्वसांसद रेशम...

भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा अध्यक्ष ओलीको आपत्ति

भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा अध्यक्ष ओलीको आपत्ति

वि.सं.२०८० जेठ १६ मंगलवार १०:२४

काठमाडौं, १६ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा...

सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा युवाहरुको प्रदर्शन (फोटो फिचर)

सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा युवाहरुको प्रदर्शन (फोटो फिचर)

वि.सं.२०८० जेठ १६ मंगलवार १०:०८

काठमाडौं, १६ जेठ । क्रिकेटर सन्दीप लामिछाने न्यायका लागि युवाहरुले...

रातो कितावमा भए पनि कतिपय योजना वक्तव्यमा छुटेका छन्ः अर्थमन्त्री महत

रातो कितावमा भए पनि कतिपय योजना वक्तव्यमा छुटेका छन्ः अर्थमन्त्री महत

वि.सं.२०८० जेठ १६ मंगलवार ०९:४९

काठमाडौं, १६ जेठ । बजेटमा व्यवस्था भएका कतिपय योजना वक्तव्यमा...