एमालेद्वारा प्रतिनिधि सभामा अवरोध

वि.सं.२०८० जेठ १२ शुक्रवार

काठमान्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभामा अवरोध खडा गरेको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा उत्तर दिने कार्यसूची रहेको छ ।
बैठकको शुरुमा एमाले प्रमुख सचेतक पदम गिरीले आफ्ना दलका नेतामाथि विभिन्न भ्रष्टाचारको लान्छाना लगाइएको भन्दै सभा सञ्चालन हुन नसक्ने जनाएका छन् । जेठ १० गते बसेको प्रतिनिधि सभा बैठकमा माओवादीका सांसद राजन दाहालले एमाले अध्यक्ष समेत रहेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिको जलहरी लगाउने क्रममा भ्रष्टाचार गरेको आरोप लगाएका थिए । सोही विषयमा सत्य तथ्य प्रमाणित नभइ आफूहरु बैठक सञ्चालन हुन नदिने गिरीले बताए ।
प्रकाशित समय : ०६:५८ बजे