back

प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्दै सभामुख घिमिरे

काठमाडौं, १९ असार । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्दै छन् । सभामुख घिमिरेले आज बिहान ११ बजे सिंहदरवारस्थित कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेका हुन ।

सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ पनि सहभागी हुने तय भएको छ ।

वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक९पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरुले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरुलाई बोलाएका हुन् ।


चीनका सामुन्द्रिक युद्धतोपहरु फिलिपिन्सको सिमामा पुगेपछि सुरु भयो तनाब

चीनका सामुन्द्रिक युद्धतोपहरु फिलिपिन्सको सिमामा पुगेपछि सुरु भयो तनाब

वि.सं.२०८० असोज ७ आइतवार ०३:२०

काठमाडौं, ७ असोज ।  फिलिपिन्सले विवादित दक्षिण चीन सागर क्षेत्रमा...

नेपाली सेनाका प्रधानसेनापति शर्मा आज भारत जाँदै

नेपाली सेनाका प्रधानसेनापति शर्मा आज भारत जाँदै

वि.सं.२०८० असोज ७ आइतवार ०३:१०

काठमाडौं, ७ असोज । प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान...

यस्तो छ, आजको फलफूल तथा हरियो तरकारीको मूल्य

यस्तो छ, आजको फलफूल तथा हरियो तरकारीको मूल्य

वि.सं.२०८० असोज ७ आइतवार ०३:०४

काठमाडौं, ७ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

यसअघि स्थगित क्रिकेटर लामिछानेको मुद्धाको पेशी आज

यसअघि स्थगित क्रिकेटर लामिछानेको मुद्धाको पेशी आज

वि.सं.२०८० असोज ७ आइतवार ०३:००

काठमाडौं, ७ असोज । नावालिग बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप...

यस्तो छ, आज विदेशी मुद्रको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्रको विनिमय दर

वि.सं.२०८० असोज ७ आइतवार ०२:५१

काठमाडौं, ७ असोज । नेपाल राष्ट्र बैंकले आजरका लागि विदेशी...

आज स्वदेश फर्कदै सभामुख घिमिरे

आज स्वदेश फर्कदै सभामुख घिमिरे

वि.सं.२०८० असोज ७ आइतवार ०२:४३

काठमाडौं, ७ असोज । सभामुख देबराज घिमिरे आज स्वदेश फर्कदैछन...