back

नेपाल वायु सेवा निगमको जहाज राति ११ बजे इजरायल उड्दै

काठमाडौं, २४ असोज । प्रधानमन्त्रीको निर्देशन पछि द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज आज त्यसतर्फ जाने भएको छ । परराष्ट्रमन्त्रालयले आजै राति ११ बजे नेपाल एयरलाईन्स दुबई ट्रान्जिट हुँदै इजरायल जाने पुष्टि गरेको हो ।

इजरायलका लागि जहाज आज राती ११ बजे उड्छ । ट्रान्जिट दुबइ । नेपाल एयरलाइन्सको जहाज जान्छ’ पररास्ट्रमन्त्री एनपी साउदका प्रमुख स्वकिय सचिव दिपक जोशीले भने ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुखलाई बालुवाटारमा बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएसंगै प्रक्रिया अघि बढाइएको पर्यटनमन्त्रीको सचिवालयले जनाएको छ।

उद्धारका लागि पहिलो चरणमा नेपाल एयरलाइन्सको विमान इजरायल पठाउनेबारे प्रक्रिया थालिएको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले, आज पर्यटन मन्त्रीलाई बोलाएर निर्देशन दिनु भएको र आजै त्यसतर्फ जहाज पठाउने तयारी भएको बताए । उनले भने ‘ आजै जान्छ प्रधानमन्त्रीले त्यसका लागि निर्देशन दिनुभएको छ ।’

चार्टर विमान उडान र अवतरणका लागि सरकारले इजरायलबाट स्वीकृति लिइसकेको छ। नेपाल फर्कन चाहने नेपालीको लगत संकलन परराष्ट्र मन्त्रालयमार्फत भईसकेकोले आजै इन्स्योरेन्सलगायतका प्रक्रिया पुरा गर्नेसाथ विमान त्यसतर्फ जानेछ । इजरायलमा भएको हिंसामा १० नेपाली विद्यार्थीको मृत्यु हुनुको साथै ४ जना घाइते भएका थिए। एक नेपाली वेपत्ता छन्।


एनसेलको सेयर बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

एनसेलको सेयर बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:०५

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुलुकबाहिरै ८० प्रतिशत...

विशेष अदालतका न्यायधिसहरूले लिए पद तथा गोपनीयताको सपथ

विशेष अदालतका न्यायधिसहरूले लिए पद तथा गोपनीयताको सपथ

वि.सं.२०८० मंसिर १८ सोमवार ०८:३७

काठमाडौं । विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा...

एकीकृत समाजवादीको सचिवालय बैठक, महाधिवेसनको मिति सार्ने प्रस्ताव

एकीकृत समाजवादीको सचिवालय बैठक, महाधिवेसनको मिति सार्ने प्रस्ताव

वि.सं.२०८० मंसिर १८ सोमवार ०७:३१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को यसअघि तोकिएको महाधिवेसन सर्ने...

एमालेको संकल्प यात्राको आज पाँचौ दिन, सुर्खेतमा आमसभा गर्दै

एमालेको संकल्प यात्राको आज पाँचौ दिन, सुर्खेतमा आमसभा गर्दै

वि.सं.२०८० मंसिर १८ सोमवार ०५:३५

काठमाडौं । नेकपा एमालेले आफ्नो संकल्प यात्राको पाँचौ दिन आज...

नेकपा एसको सचिवालय बैठक बस्दै, यस्ता छन् मुख्य एजेन्डा

नेकपा एसको सचिवालय बैठक बस्दै, यस्ता छन् मुख्य एजेन्डा

वि.सं.२०८० मंसिर १८ सोमवार ०३:२९

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक आज बस्दैछ ।आलोकनगर,...

दिगो विकासको लक्ष्य अपाङ्गतामैत्री भविष्य भन्ने राष्ट्रिय लक्ष्यमा सरकार अडिक छ : मन्त्री ज्वाला

दिगो विकासको लक्ष्य अपाङ्गतामैत्री भविष्य भन्ने राष्ट्रिय लक्ष्यमा सरकार अडिक छ : मन्त्री ज्वाला

वि.सं.२०८० मंसिर १७ आइतवार ०८:३७

काठमाडौं । अपाङ्गतासम्बन्धी नीति चाँडै लागू गर्ने भौतिक तथा पूर्वाधारमन्त्री...