back

मनकामना स्मार्ट लघुवित्तका आइपिओमा १६ लाखको आवेदन

काठमाडौं – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन् ।

आज बिहानसम्म १६ लाख १२ हजार ९०१ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको हो ।

क्यापिटलका अनुसार उक्त आवेदनबाट रु दुई करोड १२ लाख ७० हजार ३० कित्ता शेयर माग भएको छ । सर्वसाधारणका लागि माग गरेकोभन्दा ५८ दशमलव ५१ गुणाबढी हो । संस्थाले सर्वसाधारणमा तीन लाख ३६ हजार ४९२ कित्ता शेयर मात्रै बिक्री गरेको हो ।

बिहीबारदेखि बिक्री खुला भएको संस्थाको आइपिओ यही असार २५ गतेसम्म आवेदन दिन सकिने बताइएको छ ।  तीन करोड ८९ लाख बराबरको आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत देवसिंह विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिकित्ता रु १०० अङ्कित दरका तीन लाख ८९ हजार ४९२ कित्ता साधारण शेयर बिक्री खुला भएको छ । तीमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । उक्त शेयर इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप ९सफ्टवेयर० मार्फतसमेत आइपिओमा आवेदन दिन सकिनेछ ।


आठमहिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

आठमहिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

वि.सं.२०७९ चैत ७ मंगलवार ०४:५७

काठमाडौं, चैत ७ गते । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन...

स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

वि.सं.२०७९ चैत ७ मंगलवार ०४:१९

काठमाडौं, चैत ७ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आइतबार...

आज प्रधानमन्त्री दाहाल गोरखा जादै

आज प्रधानमन्त्री दाहाल गोरखा जादै

वि.सं.२०७९ चैत ७ मंगलवार ०४:१०

काठमाडौं, चैत ७ गते । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड...

अदालतमै हत्याको योजना बनेको पाकिस्तानका पूर्वप्रधानमन्त्री खान आरोप

अदालतमै हत्याको योजना बनेको पाकिस्तानका पूर्वप्रधानमन्त्री खान आरोप

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:५५

काठमाडौं, चैत ७ गते । आफूलाई अदालतमै हत्याको योजना बनेको...

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:३८

काठमाडौं, चैत ७ गते । वैशाख १० गते हुने प्रतिनिधिसभा...

कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:२१

काठमाडौं, चैत ७ गते ।कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा...