कमला नदीमा बाढीले खोलाको आसपासको बस्तीमा जोखिम,खोलामा दाउरा संकलन

वि.सं.२०७८ असार २० आइतवार
काठमाडौं – सिरहा र धनुषाको बिचमा रहेको कमला नदीमा बाढीले खोलाको आसपासको बस्तीमा जोखिम बढेको छ ।
कमला नदीमा पानीको सतह बढ्दा बाँध नै खतरामा परेको छ । कमला नदी बाढीले एक साता अघि नवनिर्मित पुल भतकाएको छ ।
नदीमा पानीको सतह बढ्दै गएपछि जंगल क्षेत्रबाट बगाएर ल्याएको दाउरा संकलन गर्नेको भने भिड लागेको छ ।
चुल्होमा खाना पकाउने गरिब बस्ती बासिन्दाहरु आवश्यक दाउराको जोहो गर्नका लागि ज्यान जोखिममा राखेर कमला नदीमा दाउरा संकलन गरिरहेका छन् । गरिब, दलित बस्तीका महिला तथा बालबालिका दैनिक काम छोडेर यति बेला बाढीमा दाउरा संकलन गर्न व्यस्त छन् ।
बाढीबाट संकलन गरिएको दाउरा तटीय क्षेत्रमा जम्मा गरी टायर गडा, साइकल र टाउको ओसार्न भएको छ ।
प्रकाशित समय : ११:५४ बजे