उपत्यकामा जोरविजोर प्रणाली हट्यो,अझै के के खुल्न पाउँछन् केके खुल्न पाउँदैनन् हेर्नुस्

वि.सं.२०७८ असार २१ सोमवार
काठमाडौं । काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ ।
अब निजी तथा सार्वजनिक सवारी साधनहरु स्वास्थ्य सुरक्षा मापदण्ड पूरागरेर सञ्चालन गर्न पाइने भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको छ । वैशाख १६ देखि निषेधाज्ञा लगाएको र जोर बिजोरका आधारमा असार ७ देखि निजी र १५ गते २५ सिटभन्दा माथिका बस मात्र चल्ने दिएको थियो । अब पसल बिहानैदेखि खुल्ने पाईने भएको छ । कोरोना भाइरसको दोस्रो लहर सँगै गत बैशाख १६देखि काठमाडौं उपत्यकामा पटकपटक म्याद थप गर्दै निषेधाज्ञा जारी गरिएको थियो ।
अझै के के खुल्न पाउँछन् केके खुल्न पाउँदैनन् हेर्नुस्
प्रकाशित समय : ०६:१४ बजे