back

राष्ट्रियसभा बैठक : प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा बहस

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले प्रतिनिधिसभा विघटनका पक्ष र विपक्षमा आफ्ना धारणा व्यक्त गर्नुभएको छ ।
बैठकको विषेश समयमा उहाँहरुले विघटनका पक्ष र विपक्षमा आफ्ना तर्क पेश गर्नुभयो ।

साथै नयाँ जनादेशका लागि निर्वाचनमा जानु नै उपयुक्त हुने एकथरीको धारणा थियो भने अर्काथरीले संविधानअनुसार हुने निर्वाचनले मात्र लोकतन्त्रको रक्षा गर्ने र गैरसंवैधानिकरुपमा हुने निर्वाचनले लोकतन्त्र नै नष्ट हुने धारणा व्यक्त गर्नुभएको थियो ।

बैठकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले पुनःस्थापित प्रतिनिधिसभाले यसअघि प्रभावकारी काम गर्न नसकेको उल्लेख गर्दै मुलुक अब निर्वाचनमै जानुपर्ने बताउनुभयो । नयाँ जनदेशका लागि सबै दल अब निर्वाचनमा नै जानु उपयुक्त हुने उहाँको तर्क थियो ।

उहाँले राष्ट्रियसभा र प्रतिनिधिसभाबीच लुकामारी खेलेजस्तो भएको भन्दै दुवै सभा एकैपटक सञ्चालन नभएसम्म कानून निर्माण हुन नसक्ने बताउनुभयो । अहिले संसदीय राजनीतिक व्यवस्थाका नाममा गैरसंसदीय गतिविधि भइरहेको जनाउँदै सांसद दाहालले आफ्नै दलका नेतालाई प्रधानमन्त्रीबाट हटाउन अदालतमा लाइन लागेको दृश्य अनौठो देखिएको धारणा व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस सांसदका रमेशजंग रायमाझीले सरकारले कोरोना सङ्क्रमण रोकथाममा प्रभावकारी काम गर्न नसकेर आरोप लगाउनुभयो । उहाँले अहिले मुलुकमा भ्रष्टाचारले जरा गाडेको आरोप लगाउँदै कोरोनाविरुद्धको खोप खरीदमा पारदर्शिता कायम हुनुपर्ने माग गर्नुभयो ।

फरक प्रसङ्गमा सांसद रायमाझीले संसद्बाट पारित चुच्चे नक्सा अहिले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट प्रकाशित पाठ्यपुस्तकमा किन उल्लेख भएन भनी सरकारसँग प्रश्न गर्नुभयो ।

साथै उहाँले प्रधानमन्त्रीले कानून निर्माण गर्ने जनप्रतिनिधिको थलो प्रतिनिधिसभा विघटन गरेर अध्यादेशबाट शासन सञ्चालन गर्न खोजेको आरोपसमेत लागाउनुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा अधिवेशन तत्काल अन्त्य नगर्न आग्रह गर्दै प्रतिनिधिसभा नभएका बेला यस सभालाई लोकतन्त्रको रक्षा र जनताको आवाज उठाउने थलोका रुपमा निरन्तरता दिइयोस् भन्नुभयो ।

साथै उहाँले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने विषेशाधिकार संविधानले नदिएको तर्क गर्दै नयाँ सरकार बन्ने अवस्था नभएपछि मात्र अन्तिममा मात्र प्रतिनिधिसभा विघटन हुने व्यवस्था संविधानले स्पष्ट गरेको बताउनुभयो ।

सांसद श्रेष्ठले संविधानको धारा ७६ (२) र ७६ (५) फरक फरक भएको उल्लेख गर्दै एउटै हो भन्नु संविधानलाई विगत पार्नु हो भन्नुभयो । धारा ७६ (५) सांसदलाई विशेषाधिकार प्रयोग गर्ने व्यवस्था हो भन्दै उहाँँले संविधानले राष्ट्रपतिलाई अलङ्कारिकरुपमा राखेको र स्वविवेकको अधिकार नदिएको धारणा व्यक्त गर्नुभयो ।


नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०९:४७

काठमाडौं, १५ मंसिर। यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका...

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०८:१७

काठमाडौं, १५ मंसिर। क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक...

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०७:०६

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको...

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:५७

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले  अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग...

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:४८

  काठमाडौं, १५ मंसिर  । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य ...

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:०१

काठमाडौं, १५ कात्तिक । गायक छवि न्यौपाने र गायिका मेलिना...