सिरहाको सुखिपुरमा अविरल वर्षाको कारण आधा दर्जन घर डुबानमा

वि.सं.२०७८ असार २२ मंगलवार
सुरेन्द्र महतो ,काठमाडौं – सिरहाको सुखिपुर अविरल वर्षाको कारण आधा दर्जन घर डुबानमा परेका छन ।
सिरहाको सुखिपुर नगरपालिका वडा नं ८ मा नालाको निकासी नहुदा अविरल वर्षाको कारण आधा दर्जन घर डुबानमा परेको हो ।
घर डुबानमा परेका स्थानीय बताउँछन् यहाँ नाला बनाइयो तर नालाको पानी निस्कासन हुदैन् र तेसलाई ठेकेदार र नेताले नाला विकास भएको नाम दिइएको हो । यो नाला विकास बाट जनताले सुख सुविधा पाउनुपर्ने तर यहाँ बिजोगनै भएको छ ।
अरिवल वर्षाको काराणले नालाको पानि निकासा हुन नपाएर स्थानियहरुको घर डुबानमा परेको छन् । करौडौं बजेट विनियोजन गरे विकासको नाम मा बिनाश गरे जस्तो मन लागे ठेकेदारले आफ्नै हिसाबले नाला बनाए र जनता मौन् रहे नाला बनिसक्यो भनेर ठेकेदारले पैसा पाए नेता र ईन्जिनियरले कमिसन पाए विकास समाप्त बजेट समाप्त भएको स्थानीयहरुले गुनासो गरेका छ्न । विकास भनेको त जनताको जीवनस्तरमा उँचोपना ल्याउनु होइन् भन्ने प्रश्न पनि स्थानीयले उठाएका छन ।
प्रकाशित समय : ०७:४३ बजे