सधैंका लागि बन्द भयो कुमारी हल

वि.सं.२०७८ असार २२ मंगलवार
काठमाडौं –कमलपोखरी स्थित कुमारी चलचित्र भवन (हल) सधैंका लागि बन्द हुने भएको छ ।
तीन दशक बढी समयदेखि संचालनमा आएको यो हल कोरोनाको प्रकोपको कारण हलका सञ्चालकले सधैंका लागि बन्द गर्ने निर्णयमा पुगेका हुन् ।
क्यूएफएक्सका सिइओ रोशन अडिगाले कोरोनाले चलचित्र भवनको खर्च धान्न नसकेकाले सधैका लागि बन्द गर्न लागेको बताए।
२०६२ सालमा क्यूएफएक्सले सञ्चालनको स्वामित्व लिएको कुमारी हलले बलिउड, हलिउड होस् वा नेपाली फिल्म प्रदर्शनको एउटा महत्वपुर्ण इतिहास बोकेको छ ।
नेपाली फिल्मका निर्माताले ठूलो शेयर पाउने गरेको यो हलमा च्यारिटी, प्रिमियर शो, प्रेस मिट, फिल्म महोत्सव लगायतका कार्यक्रम समेत हुदै आएका थिए ।
अब चलचित्र भवन अन्य प्रयोजनका लागि प्रयोग गरिने भएकाले क्यूएफएक्स चेनको संचालनमा रहेको हल भित्रका सबै सामानहरु अहिले हटाउन थालिएको छ ।
यसअघि क्यूएफएक्स चेनको जय नेपाल चलचित्र घर समेत सधैंका लागि बन्द गरेको थियो ।
प्रकाशित समय : ०९:३२ बजे