back

जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँड भोलि विहान ९ बजे हुने

काठमाडौं -जीवन विकास लघुवित्तको प्राथमिक शेयर (आइपीओ) भोलि बुधबार बाँडफाँड हुने भएको छ । हिजो प्रि अलोटमेण्ट सम्पन्न गरी भोलि आइपीओ बाँफाँडको तयारी भइरहेको विक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ विहान ९ बजे विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँफाँड हुने जनाएको छ ।

संस्थाको आइपीओमा १५.८२ गुणाको आवेदन परेको छ । विक्री प्रबन्धक एनएमबि क्यापीटलका अनुसार उक्त आइपीओमा २० लाख ८७ हजार ३ सय २० जना आवेदकबाट ३ करोड १२ लाख ९९ हजार ४१० कित्ताको लागि आवेदन परेको छ ।

उपलब्ध तथ्याङको आधारलाई हेर्ने हो भने १ लाख ८४ हजार ८०१ जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्ने देखिन्छ भने १९ लाख २ हजार ५ सय १९ जना आवेदकको हात खाली हुने देखिएको छ ।

संस्थाले असार ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।


स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

वि.सं.२०७९ चैत ७ मंगलवार ०४:१९

काठमाडौं, चैत ७ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आइतबार...

आज प्रधानमन्त्री दाहाल गोरखा जादै

आज प्रधानमन्त्री दाहाल गोरखा जादै

वि.सं.२०७९ चैत ७ मंगलवार ०४:१०

काठमाडौं, चैत ७ गते । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड...

अदालतमै हत्याको योजना बनेको पाकिस्तानका पूर्वप्रधानमन्त्री खान आरोप

अदालतमै हत्याको योजना बनेको पाकिस्तानका पूर्वप्रधानमन्त्री खान आरोप

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:५५

काठमाडौं, चैत ७ गते । आफूलाई अदालतमै हत्याको योजना बनेको...

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:३८

काठमाडौं, चैत ७ गते । वैशाख १० गते हुने प्रतिनिधिसभा...

कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:२१

काठमाडौं, चैत ७ गते ।कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा...

मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक छ –पृथ्वीमान गुरुङ

मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक छ –पृथ्वीमान गुरुङ

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:०८

काठमाडौं, चैत ७ गते । मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक...