back

पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७५ औं जन्मोत्सवको शुभकामना

काठमाडौं- आज पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७५ औं जन्मदिन मनाउँदैछन् ।

तर उनले यो वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमनाउने बताएका छन् ।

एकातिर राजनीतिले निराशा पैदा गरेको र अर्कातिर कोरोना महामारी र प्राकृतिक विपदका कारण जनताले दुःख पाइरहेको भन्दै उनले यस वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमाउने केही समय अघि वक्तव्य मार्फत जानकारी गराएका थिए ।

‘राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा देखा परेको छ, परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रूपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ ।’ साथै , जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेको जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ज्ञानेन्द्र शाह २००४ साल असार २३ गते जन्मिएका थिए । उनी राजा महेन्द्रका माहिला छोरा हुन् ।

वि.सं. २०५८ जेठ १९ गते नारायणहिटी दरवार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश नास भएपछि वीरेन्द्रका भाइ ज्ञानेन्द्र राजा बनेका थिए ।

आज विशेष कार्यक्रम नभए पनि उनको ७५ औँ जन्मोत्सवको अवसरमा सामाजिक सञ्जाल मार्फत सर्वसाधारणसहित विभिन्न क्षेत्रका विभिन्न व्यक्तिहरुले शुभकामना व्यक्त गरेका छन्।

अहिलेको राजिनिक अस्तव्यस्तताका कारण नेपाली जनताले फेरी राजसंस्थाको आवश्यक्ता भएको महशुस गरीरहेका छन् ।

बेलाबखत ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’, ‘राजा आउ, देश बचाउ’ भन्ने जस्ता चर्का नाराहरू घन्किरहेका हुन्छन् ।


६३ प्रतिशतले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा

६३ प्रतिशतले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा

वि.सं.२०८० माघ २६ शुक्रवार ०५:५२

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०–८१ को...

राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्री दाहालको निर्देशन

राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्री दाहालको निर्देशन

वि.सं.२०८० माघ २६ शुक्रवार ०५:००

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ...

न्याय सेवा आयोगद्वारा ४३ जिल्ला न्यायाधीशका लागि आवेदन माग

न्याय सेवा आयोगद्वारा ४३ जिल्ला न्यायाधीशका लागि आवेदन माग

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:५०

काठमाडौं । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि...

बढ्यो नागरिक लगानी कोषको नाफा, प्रतिशेयर आम्दानी कति ?

बढ्यो नागरिक लगानी कोषको नाफा, प्रतिशेयर आम्दानी कति ?

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:४३

काठमाडौं । नागरिक लगानी कोष (CIT) ले चालु आर्थिक वर्षको...

फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा, ग्लोबल आइएमडीबीको ५० औं नम्बरमा

फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा, ग्लोबल आइएमडीबीको ५० औं नम्बरमा

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:३६

काठमाडौं । भारतीय अभिनेता विक्रान्त मेसी मेधा शंकर स्टारर फिल्म...

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि दरखास्त

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि दरखास्त

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:२६

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन...