जीवन विकास लघुवित्तको आइपीओ आज बाँडफाँट

वि.सं.२०७८ असार २३ बुधवार
काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट भएको छ ।
जीवन विकास लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज असार २३ गते बुधबार बिहान ९ बजे सेयर बाँडफाँड गरेको हो ।
लघुवित्तले गत असार ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री गरेको थियो।
लघुवित्तको आईपीओमा २० लाख ८७ हजार ३ सय १७ जनाको आवेदन दिएका थिए ।
यो आईपीओ परेको सबैभन्दा धेरै आवेदन हो । कम्पनीको आईपीओ १ लाख ८४ हजार ८०१ जनाले पाएका छन् । ५ जना भाग्यमानीले ११ कित्ता शेयर पाएका छन्।भने १९ लाखको हात खाली भएको छ ।
प्रकाशित समय : ०६:२० बजे