बलिउडका ‘ट्रयाजेडी किङ’ दीलिपकुमारको निधन

वि.सं.२०७८ असार २३ बुधवार
काठमाडौं- ‘ट्रयाजेडी किङ’ भनेर परिचित बलिउड अभिनेता दीलिपकुमारको निधन भएको छ।
जुन ३० मा मुम्बईको हिन्दुजा अस्पतालमा भर्नामा भएका उनको बुधबार उपचारका क्रममा निधन भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उनको ९८ वर्षको उमेरमा निधन भएको हो। उनको वास्तविक नाम युसुफ खान हो।
बलिउडमा ‘ट्रयाजेडी किङ’ उपनाम पाएका दीलिपकुमारले फिल्म क्षेत्रमा ६ दशक बिताएका थिए। यो अवधिमा उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए।
उनले देवदास, मुगले आजम, राम और श्याम’ जस्ता हिट चलचित्र दिएका छन् ।
उनले पद्म विभुषण, पद्म भुषण र दादासाहेव फाल्के अवार्ड पनि पाएका थिए।
भारतमा मात्र होइन उनले पाकिस्तानको सबैभन्दा उच्च नागरिक सम्मान निशान-ए-इम्तियाजबाट समेत सम्मानित भएका थिए।
दीलिप कुमारको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट मार्फत दुःख व्यक्त गर्दै उनको निधन साँस्कृतिक दुनियाँका लागि ठूलो क्षति रहेको उल्लेख गरेका छन् ।
प्रकाशित समय : ०७:०३ बजे