३० लाख बराबरको मोबाइल बरामद

वि.सं.२०७८ असार २३ बुधवार
काठमाडौं- प्रहरीले ३० लाख बराबरको मोबाइल बरामद गरेको छ।
प्रदेश २-०३ण००१ च १४३ नम्बरको बोलेरोबाट भन्सार छलेर ल्याइएका मोबाइल जितपुर सिमरा उपमहानगरपालिका-२१ स्थित अमलेखगञ्ज सडकमा प्रहरीले बरामद गरेको हो।
उक्त बोलेरोबाट प्रहरीले विभिन्न कम्पनीका १५ सय २० थान मोबाइल बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
बरामद भएका मोबाइलमा माइक्रोम्याक्स कम्पनीका बढी छन्।
प्रकाशित समय : ०७:१७ बजे