back

अब हिमालय एयरलाइन्सको टिकट अनलाइनबाटै

काठमाडौं  – हिमालय एअरलाइन्स्ले अनलाइन टिकट बुकिङ शुरु गरेको छ ।
ग्राहकले आफ्नै डेक्सटप वा मोबाइलबाट एयरलाइन्स्को वेबसाइटमा गई टिकट बुकिङ गर्न सक्नेछन् ।

प्रारम्भिक चरणमा कनेक्ट आइपिएस प्रयोग गर्ने ग्राहकले टिकट खरीद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवा जस्तै उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाण–पत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा लिनसक्ने कम्पनीले जनाएको छ ।

एयरलाइन्स्ले सम्बन्धित अन्य सहायक सेवा जस्तै ब्यागेजको पूर्व बुकिङ, सीट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, कार्डबाट भुक्तानी र वेब चेकइनजस्ता नवीनतम सेवा शुरु गर्ने योजना बनाएको जनाएको छ ।

नयाँ वेबसाइटबारे एयरलाइन्स्का अध्यक्ष जोउ इन्योङ्ले भन्नुभयो, “हाम्रा ग्राहकलाई बढीभन्दा बढी गुणस्तरीय सेवा प्रदान गर्न सदैव तत्पर छौँ ।” त्यस्तै उपाध्यक्ष विजय श्रेष्ठले अनलाइन सेवा कम्पनीको लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै हिमालय सधैंँ आफ्ना ग्राहकसँग नजिकको सम्बन्ध कायम राख्न समर्पित भएको जिकीर गर्नुभएको छ ।


स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

वि.सं.२०७९ चैत ७ मंगलवार ०४:१९

काठमाडौं, चैत ७ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आइतबार...

आज प्रधानमन्त्री दाहाल गोरखा जादै

आज प्रधानमन्त्री दाहाल गोरखा जादै

वि.सं.२०७९ चैत ७ मंगलवार ०४:१०

काठमाडौं, चैत ७ गते । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड...

अदालतमै हत्याको योजना बनेको पाकिस्तानका पूर्वप्रधानमन्त्री खान आरोप

अदालतमै हत्याको योजना बनेको पाकिस्तानका पूर्वप्रधानमन्त्री खान आरोप

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:५५

काठमाडौं, चैत ७ गते । आफूलाई अदालतमै हत्याको योजना बनेको...

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:३८

काठमाडौं, चैत ७ गते । वैशाख १० गते हुने प्रतिनिधिसभा...

कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:२१

काठमाडौं, चैत ७ गते ।कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा...

मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक छ –पृथ्वीमान गुरुङ

मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक छ –पृथ्वीमान गुरुङ

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:०८

काठमाडौं, चैत ७ गते । मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक...