back

कोरोना सङ्क्रमणबाटबाट वडा सदस्यको मृत्यु

काठमाडौं – कोरोना भाइरस सङ्क्रमणबाट दैलेखको डुङेश्वर गाउँपालिका–२ का वडा सदस्य तेजबहादुर थापाको आज बिहान मृत्यु भएको छ ।

कोरोना भाइरस सङ्क्रमण भएपछि उहाँको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको अस्पतालका सुपरिटेण्डेन प्रकाश थापाले बताउनुभयो ।

यस्तै दैलेख जिल्ला अस्पतालमा मङ्गलबार नेपाली कांग्रेस दैलेखका पूर्वपार्टी सभापति जगतजंग थापाको पनि मृत्यु भएको थियो । जिल्लामा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको जिल्ला अस्पताल दैलेखका निमित्त प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल जिल्ला अस्पतालको आइसोलेसनमा १४ जनाको उपचार भइरहेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ छ । जिल्लामा गत महिना मृत्युदर शून्य भए पनि यो महिना बढेकाले यसप्रति सबैलाई सचेत रहन उहाँले आग्रह गर्नुभयो ।


स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

वि.सं.२०७९ चैत ७ मंगलवार ०४:१९

काठमाडौं, चैत ७ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आइतबार...

आज प्रधानमन्त्री दाहाल गोरखा जादै

आज प्रधानमन्त्री दाहाल गोरखा जादै

वि.सं.२०७९ चैत ७ मंगलवार ०४:१०

काठमाडौं, चैत ७ गते । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड...

अदालतमै हत्याको योजना बनेको पाकिस्तानका पूर्वप्रधानमन्त्री खान आरोप

अदालतमै हत्याको योजना बनेको पाकिस्तानका पूर्वप्रधानमन्त्री खान आरोप

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:५५

काठमाडौं, चैत ७ गते । आफूलाई अदालतमै हत्याको योजना बनेको...

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:३८

काठमाडौं, चैत ७ गते । वैशाख १० गते हुने प्रतिनिधिसभा...

कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:२१

काठमाडौं, चैत ७ गते ।कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा...

मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक छ –पृथ्वीमान गुरुङ

मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक छ –पृथ्वीमान गुरुङ

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:०८

काठमाडौं, चैत ७ गते । मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक...