जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट सम्पन

वि.सं.२०७८ असार २४ बिहीवार
काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट सम्पन भएको छ ।
जीवन विकास लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले असार २३ गते सेयर बाँडफाँड गरेको थियो ।
लघुवित्तले गत असार ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री गरेको थियो।
लघुवित्तको आईपीओमा २० लाख ८७ हजार ३ सय १७ जनाको आवेदन दिएका थिए । कम्पनीको आईपीओ १ लाख ८४ हजार ८०१ जनाले पाएका छन्,भने १९ लाखको हात खाली भएको छ ।
प्रकाशित समय : ०७:५५ बजे