back

सुचना लुकाउन आर्थिक प्रलोभन

अमित ठाकुर।रौतहट।असार २४। अमित ठाकुर,रौतहट-जिल्ला अस्पताल गौर प्रदेश न २ कै भ्रष्टाचारको अखडा बन्दै गएको छ ।

अस्पतालमा निकाशा हुने बजेट बार्षिकरूपमा बढदै गएपनी अस्पतालकाे हालत भने खस्किदै गएकाे र बिरामी रिर्फरमात्र गर्ने गरेकाे स्थानीयले आरोप लगाएका छन् ।

भ्रष्टाचारको अखडा बन्दै गएको गौर अस्पतालमा समाचार प्रयोजनका लागि गत जेष्ठ ३० गते सुचना मागगरी दर्ता गराएकाे पत्रकाे अस्पताल प्रशासनले २ साता सम्म पनि सुनवाइ गरेकाे छैन् ।

जिल्ला अस्पताल गौरमा गत जेष्ठ ३० गते- दर्ता नं. २६८/०७८/०२/३०) समाचार प्रयोजनका लागि दर्ता गराएको सुचनाको हक निवेदन अस्पतालले आफ्नाे अनियमितताकाे कर्तुत खुल्ने भएपछी उपलब्ध गराउन आनाकानी गर्दै आएकाे छ ।

अस्पतालले निवेदनकाे म्याद बितिसक्दा पनि माग अनुसारकाे सुचना दिन सकेकाे छैन् ।

जिल्ला अस्पताल गौरमा आर्थिक बर्ष ०७६/०७७ र ०७७/०७८ आएको बजेट र खर्च सहित विभिन्न दातृ सस्थाले दिएको अनुदानको पुरै बिवरण माग गर्दा जिल्ला अस्पतालले कानमा तेल हालेर बसेको हो ।

अस्पतालमा मागेको सुचना र समाचार बन्द गर्न लेखा प्रमुख श्री नारायण झाले पत्रिकाको बिल दिनु म अस्पतालबाट भुक्तानी गरी दिन्छु भन्दै लोभ समेत दिखाएका छन् ।

लेखा प्रमुख झाले आन्तरिक सेटिङ्गमा समाचार बन्द गर्न दवाब दिनुले अस्पतालमा ठुलाे भ्रष्टाचार भएको सङ्का उत्पन्न हुन थालेको छ ।

माग अनुसारको सुचना उपलब्ध गराउने हिजो अन्तिम दिन मेडिकल सुपरिटेन्डेन्ट डा.साहको दुईटै मोबाइल बन्द थियो । पछि कार्यालयमा जाँदा मेडिकल सुपरिटेन्डेन्ट डा.साह बस्ने रुममा ताल्चा लागेकाे थियाे ।

सोही क्रममा सुचना अधिकारी राज किशोर राउतले तपाईंले मागेको विभिन्न शीर्षक मध्ये पहिलो शिर्षकको सुचना मात्र मलाई मेडिकल सुपरिटेन्डेन्टले उपलब्ध गराएको बताए।

कानुन बिपरित मेडिकल सुपरिटेन्डेन्टले माग अनुसार सुचना उपलब्ध नगराउँदा राष्ट्रिय सुचना आयोगमा आवश्यक कारवाहीकाे माग सहित सुचना उपलब्ध गराउन पत्र पठाएकाे छु।


नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०९:४७

काठमाडौं, १५ मंसिर। यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका...

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०८:१७

काठमाडौं, १५ मंसिर। क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक...

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०७:०६

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको...

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:५७

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले  अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग...

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:४८

  काठमाडौं, १५ मंसिर  । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य ...

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:०१

काठमाडौं, १५ कात्तिक । गायक छवि न्यौपाने र गायिका मेलिना...