धनगढीमा बालकको हत्या आरोपमा दुई किशोरी पक्राउ

वि.सं.२०७८ असार २४ बिहीवार
काठमाडौं – धनगढीमा बुधबार मृत अवस्थामा फेला परेका विवेक विष्टको हत्या आरोपमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ ।
धनगढीको टीकापुर नगरपालिका–१ का साढे ३ वर्षीय विवेक विष्टको हत्या आरोपमा दुई जना किशोरीलाई प्रहरीले पक्राउ गरेको हो ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी अनुसार बालकलाई आफूसँगै जामुन खान लिएर गएकी उनकी दिदी नाता पर्ने १५ वर्षीया किशोरी ती किशोरीकी १४ वर्षकी साथीलाई पक्राउ गरेको छ ।
घरायसी रिसइबीका कारण बालकको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीले जानकारी दिए । लम्कीचुहा नगरपालिका–६ घर भएकी १४ वर्षकी अर्की किशोरीलाई बाला लुकाउन दिएको र बजारमा बिक्रीको प्रयाससमेत गरेको देखिएको प्रहरीको भनाइ छ । उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१५ वर्षकी किशोरीले बालकलाई जामुन खान भनी आफूसँगै लगेको र जमरा कुलोको किनारबाट धकेलेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । घरबदेखि करिब पाँच सय मिटर उत्तरतर्फ कुलोमा पुगेपछि बालकले खुट्टामा लगाएको चाँदीका बाला निकालेर बालकलाई धकेलेर कुलोमा फालेको किशोरीले स्वीकार गरेको छ एसपी अधिकारीले बताए ।
प्रकाशित समय : ११:२३ बजे