back

सिरहामा लागुऔषधसहित चारजना पक्राउ

काठमाडौं – सिरहामा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजासहित प्रहरीले सिरहाबाट एकै दिन एक महिलासहित चार जनालाई पक्राउ गरेको छ ।
लागुऔषध गाँजा र स्पामो ट्याब्ललेटसहित प्रहरीले जिल्लाको धनगढीमाई नगरपालिका–११ नैनपुर निवासी ४५ वर्षीया नीला महतोलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा गए राति खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा साढे छ किलो गाँजा र लागुऔषध ६०० स्पानो ट्याबलेट बरामद भएपछि महतोलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस्तै गए राति नै लागुऔषध ब्राउनसुगर (खैरोहिरोइन) सहित प्रहरीले गोलबजार नगरपालिका–६ गुम्बाचोक निवासी राकेशकुमार लामालाई पक्राउ गरेको छ । लामाको साथबाट प्रहरीले २०० मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको टोलीले घर नजिकैबाट लामालाई ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीको भनाइ छ । लामामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

त्यस्तै प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले बिहीबार साँझ लागुऔषधसहित जिल्लाको सखुवान्नकारकट्टि गाउँपालिका–४ खयरबोना निवासी सुनिल गिरीलाई पक्राउ गरेको छ । भारतीय बजारबाट फर्किँदै गरेका बेला जाँच गर्दा गिरीको साथबाट नोरफीन १४ एम्पुल, फेनारगन १४ एम्पुल, डाइजी ल्याब १४ लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी प्रदेश नं २ प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले गोलबजारबाट लागुऔषधसहित सप्तरीको बलानबिहुल गाउँपालिका घर भई सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी २५ वर्षीय प्रवीण शर्मालाई पक्राउ गरेको जनाएको छ । शर्माको साथबाट १०० पिस नाइट्रोभेट ट्याब्लेट बरामद भएको प्रहरीको कथन छ ।


लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

वि.सं.२०७९ मंसिर १४ बुधवार ०८:२१

बुटवल। लुम्बिनी प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट केही मन्त्रालयहरु दाङ...

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:५९

काठमाडौं । सञ्चारकर्मीसमेत रहेका रंगकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’...

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:४७

  काठमाडौं, १४ मंसिर।  नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले...

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:३०

काठमाडौं, १४ मंसिर। प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ ।...

अरबाज खान र जर्जियाको ब्रेकअप

अरबाज खान र जर्जियाको ब्रेकअप

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:२९

मुम्बई, १४ मंसिर । बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज...

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

वि.सं.२०७९ मंसिर १४ बुधवार ०५:३२

काठमाडौं, १४ मंसिर । चीनको आणविक हतियार सन् २०३५ सम्ममा...