जनता टेलिभिजनकर्मी प्रतिमा चौधरी प्रदेश २ आमसञ्चार प्राधिकरण सदस्यमा मनोनित
चितवनमा यसà¥à¤¤à¥‹à¤ªà¤¨à¤¿ नगरपालिका छ जहाà¤à¤•ा मेयर जनताको करको पैसाले गाडी चढेर हिड़छनà¥, नगरबासी ८ ककà¥à¤·à¤¾ पास सà¥à¤µà¤¾à¤¸à¥à¤¥à¥à¤¯ चौकीकै कारà¥à¤¯à¤¾à¤²à¤¯ सहायक लाई डाकà¥à¤Ÿà¤° मानेर सेबा लिन बाधà¥à¤¯ हà¥à¤¨à¥à¤›à¤¨à¥ ।

वि.सं.२०७८ असार २५ शुक्रवार
काठमाडौं-जनता टेलिभिजनका सञ्चारकर्मी प्रतिमा चौधरी प्रदेश नम्बर २ को आमसञ्चार प्राधिकरणको सदस्य पदमा मनोनित हुनुभएको छ ।
जनता टेलिभिजनको स्थापना कालदेखि नै समाचार वाचिकाको रुपमा कार्यरत चौधरी एक कुशल र जिम्मेवार कर्मचारीको रुपमा स्थापित रहेकी छन् ।
भोजपुरी भाषाको समाचा र कार्यक्रम सञ्चालन गर्ने नेपालकै पहिलो सञ्चालिकासमेत चौधरी रहनुभएकी हो । यस संगसंगै भोजपुरी भाषाको अन्तर्वार्तासमेत सञ्चालन गर्नुहुन्छ ।
आमसञ्चार शुरुवात उनले रेडियो वीरगञ्जबाट शुरू गर्नुभएको थियो ।
जीवनको विगत १८ वर्षदेखि क्रियाशिल पत्रकार चौधरीले विभिन्न लोकप्रिय सञ्चारमाध्यम एबिसी टेलिभिजन, तराई टेलिभिजन, रेडियो राजधानीलगायत आबद्ध भई हाल जनता टेलिभिजनमा कार्यरत छिन् ।
प्रदेश नम्बर २ को आमसञ्चार प्राधिकरणको सदस्य पदमा मनोनित हुनुभएको सफल कार्यकालको शुभकामना ।
प्रकाशित समय : ०६:३१ बजे