चन्द्रपुरमा दुई समूहबीच झडप,१० जना घाइते

वि.सं.२०७८ असार २५ शुक्रवार
काठमाडौ – गएराति रौतहटको चन्द्रपुरमा दुई समूहबीच झडप भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्तिपुरमा गएराति करिब १० बजेतिर दुई पक्षबीच झडपमा १० जना घाइते भएका छ, भने केही घर र आठवटा मोटरसाइकलमा आगजनी भएको हो ।
झडपको क्रममा आफन्तको घर तोडफोड भएको देखेर स्थानीय ७० वर्षीय जगरनाथ चौधरीको हृदयाघातबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
झडपमा विनेक चौधरी, आकाश चौधरी, मुथुन कुमार चौधरी, बच्चु चौधरी लगायत घाइते भएका छन् ।
उनीहरुको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज कोइरालाले बताए ।
डिएसपी कोइरालाका अनुसार जग्गा सम्बन्धी पुरानो विवादका कारण दुई समूहबीच झडप भएको बताएको छ । सो घटनामा जगनारायण चौधरी, श्रीराम चौधरी र लक्ष्मी चौधरीको घर तोडफोड भएको छ ।
प्रकाशित समय : ०६:४४ बजे