back

दबाब र प्रभावमा परेर काम गर्दिनँ : प्रजिअ पराजुली

 

काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आफू कुनै दबाब र प्रभावमा नपरी काम गर्ने बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज शुक्रबार आयोजना गरेको ‘बजार अनुगमनको अवस्था र सुशासन’ विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण बिभागको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि रहेका पराजुलीले निषेधाज्ञाको समयमा भाटभटेनी सुपरमार्केट खुलेकै कारण ४ लाख जरिवाना र सञ्चालकलाई जेलसम्मको कारबाही गरेको घटना स्मरण गर्नुभयो । साथै उहाँले आफू दबाब र प्रभावमा नपरी पाएको जिम्मेवारी पुरा गर्न लागि परेको समेत बताउनुभयो । कानुनको परिपालन गरेमा मानिस अनुशासित बन्छ ।

उहाँले भन्नुभयो–‘गल्ती गर्नेलाई कानुनी कारबाही गर्दा आगामी दिनहरुमा उसले गल्ती सुधार्छ ।’ पछिल्लो समय बजार मूल्य आकाशिईरहेको छ । बजारभरी अखाद्य बस्तु देखि गुणस्तरहीन औषधीहरु समेत खुलम खुल्ला रुपमा विक्रि वितरण भईरहेको छ ।

यस्तो परिवेशमा सरकारले के कसरी काम गरिरहेको छ भन्ने विषयमा बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले विभागले उपभोक्ता हित विपरितका कार्य गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने कार्य तीव्र गतिमा गरिरहेको बताउनुभयो । कार्यक्रममा बोल्दै राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले पछिल्लो समय बजार अनुगमन सुधार गर्नका लागि अत्यन्त जटिल भएको बताउनुभयो ।

उहाँले व्यापारीहरु नै शक्ति केन्द्रमा पुगेकाले वाणिज्य विभाग लगायतका उपभोक्ता हित विपरितका गतिविधि नियन्त्रण गर्ने थलो निरिह बनेको दाबी गर्नुभयो । त्यसैगरी कार्यक्रममा नेपाल आयल निगमका निर्देशक दिपक बरालले पेट्रोलिमय पदार्थको मूल्य बृद्धिको विकल्प नभएको तर्क गर्नुभयो । अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्दासमेत निगमलाई प्रत्येक १५ दिनमा ९१ करोड घाटा लाग्ने गरेको जानकारी गराउनुभयो ।

कोरोना कहरका बाबजूद पनि झण्डै ५० जनाको उपस्थिति रहेको सो कार्यक्रममा राजधानी दैनिकका सम्पादक सागर पण्डितले नेपाली जनता कुशासनको चक्रमा फसेको बताउनुभयो । प्रत्येक एक आर्थिक वर्षमा झण्डै १० खर्ब राजस्व छली हुने भएकाले राजस्व संकलनमा कडाई गर्दै जनताको हितमा सो रकम खर्चिनुपर्ने विषयलाई उहाँले जोडदार रुपमा उठाउनुभयो । बजारमा उपभोक्ता हित विपरितका कार्यहरु भईरहेको तर्फ जानकारी गराउँदैे मौसमी अनुमगन होइन निरन्तर अनुगमनको खाँचो रहेको उनको तर्क थियो ।


कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:४९

बेइजिङ, १४ मंसिर । चीनको शीर्ष सुरक्षा एजेन्सीले सप्ताहन्तमा चिनियाँ...

सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ–बाबुराम भट्टराई

सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ–बाबुराम भट्टराई

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:३५

काठमाडौं, १४ मंसिर । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका...

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:२५

काठमाडौं, १४ मंसिर । बाजुरा र स्याङ्जा २ मा रोकिएको...

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:१८

  काठमाडौं, १४ मंसिर।  काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले...

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:०४

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा...

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:५३

  काठमाडौं, १४ मंसिर । परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का...