एक डोज मात्र लगाए हुने जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप काठमाडौं आइपुग्याे

वि.सं.२०७८ असार २८ सोमवार
काठमाडौं- एक डोज मात्र लगाए हुने जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ ।
अमेरिकी सरकारले उपहार स्वरुप दिएको खोप काठमाडौं आइपुगेको हाे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरेका छन् ।
कतार एयरवेजको नियमित उडानमार्फत् खोप नेपाल आइपुगेको हाे ।
अमेरिकी सरकारले उपहार स्वरुप दिएको खोप नेपाली नागरिकको जीवन रक्षाका लागि बरदान सावित हुने मन्त्री श्रेष्ठले बताए ।
प्राप्त भएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको भन्दै उनले छिट्टै खोप अभियान चलाउने जानकारी दिए ।
अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय गरेको थियो ।
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप उपहारस्वरुप प्रदान गरेको जानकारी दिए । राजनीतिक लाभका लागि अमेरिकाले खोपको व्यापार नगर्ने पनि उनले बताए ।
प्रकाशित समय : ०६:०३ बजे