बालकोटस्थित आफ्नै निवास फकर्नुभयो निवर्तमान प्रधानमन्त्री ओली
निषेधाजà¥à¤žà¤¾à¤®à¤¾ सबारीमा जोर बिजोर देखी पसल संचालनमा समय तालिका तोकियो, हपà¥à¤¤à¤¾à¤•ो सबैदिन सबै बà¥à¤¯à¤¬à¤¸à¤¾à¤¯ सनà¥à¤šà¤¾à¤²à¤¨ गरà¥à¤¨ नपाइने ।

वि.सं.२०७८ असार ३० बुधवार

काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छाडेर बालकोटस्थित आफ्नो निवास फकर्नुभएको छ ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गर्दै प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएको थियो ।
नवनियुक्त प्रधानमन्त्री देउवाले मङ्गलबार प्रधानमन्त्रीका रुपमा शपथग्रहण गर्नुभएपछि आज निवर्तमान प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नुभएको हो । उहाँलाई पार्टी निकट सङ्गठन र उहाँका समर्थकले नारा–जुलुससहित बालकोटसम्म पछ्याएका थिए ।
प्रकाशित समय : ०८:१४ बजे