कक्षा १२ को परीक्षा समय तालिका सार्वजनिक: परिक्षा हाेम सेन्टरमै हुने

वि.सं.२०७८ साउन ५ मंगलवार
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले कक्षा १२ को परीक्षा समय तालिका सार्वजनिक गरेको छ ।
बोर्डले एक सूचना जारी गर्दै २०७८ सालको कक्षा १२ को साधरण तथा प्राविधिक विषय समूहतर्फका नियमित ग्रेडवृद्धि एवम् आंशिक परीक्षाहरुको वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
जसअनुसार कक्षा १२ को परीक्षा २०७८ श्रावण ३१ गतेदेखि भाद्र ९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ । परिक्षा हाेम सेन्टर अर्थात बिद्यार्थीले अध्ययन गरेकाे सम्बन्धित बिद्यालयमै सञ्चालन हुने छ ।
प्रकाशित समय : १३:२४ बजे