back

आमा दिदी बैनी हो गीतका गायक जेबी टुहुरेको ७८ वर्षको उमेरमा निधन

जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ। टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।

कलंकीस्थित घरमा एक्कासी लडेपछि उनलाई बयोधा अस्पताल लगिएको थियो। उनलाई करिब तीन हप्ता पहिले स्ट्रोक भएको थियो। स्ट्रोकले घरमै लडेपछि उनलाई उपचारका लागि बल्खु स्थित बयोधा अस्पतालमा भर्ना गरिएको र उपचारको क्रममा बिहीबार बिहान निधन भएको कलाकार मनोज गजुरेलले जानकारी दिए।

उनका आमा दिदी बैनी हो, चौरी चर्ने ठाउँमा लगायतका गीत चर्चित छन्। उनी नेकपा (माओवादी) केन्द्रका तर्फबाट संविधानसभा सदस्य थिए। मंगलबार मात्रै सरकारले उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने बताएको थियो ।

आफ्ना गीतहरु मार्फत आन्दोलनहरुमा अग्र मोर्चामा देखिने उनी महिला अधिकार र सशक्तिकरणका पक्षमा वकालत गर्थे।


कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ–शेखर कोइराला

कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ–शेखर कोइराला

वि.सं.२०७९ माघ २३ सोमवार ११:०१

काठमाडौं, माघ २३ गते । काङ्ग्रेस सरकारमा सहभागी नहुने नेपाली...

प्रधानमन्त्री दाहाललाई थप दुई मन्त्रालयको कार्यभार

प्रधानमन्त्री दाहाललाई थप दुई मन्त्रालयको कार्यभार

वि.सं.२०७९ माघ २३ सोमवार १०:२१

काठमाडौं, माघ २३ गते ।राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका...

प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने छ–मन्त्री शर्मा

प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने छ–मन्त्री शर्मा

वि.सं.२०७९ माघ २३ सोमवार ०९:५४

काठमाडौं, माघ २३ गते ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा...

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ –स्वास्थ्यमन्त्री गिरी

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ –स्वास्थ्यमन्त्री गिरी

वि.सं.२०७९ माघ २३ सोमवार ०९:३६

काठमाडौं, माघ २३ गते । सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको...

राष्ट्रियसभाको आजको बैठकबाट तीन विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकबाट तीन विधेयक पारित

वि.सं.२०७९ माघ २३ सोमवार ०९:११

काठमाडौं, माघ २३ गते । राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा...

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेपाली सुरक्षित रहेको एनआरएनएद्वारा जानकारी

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेपाली सुरक्षित रहेको एनआरएनएद्वारा जानकारी

वि.सं.२०७९ माघ २३ सोमवार ०८:००

काठमाडौं, माघ २३ गते । टर्कीमा आएको भूकम्पमा परी दर्जनौँ...