अफगानिस्तानमा आतंकवादीविरुद्ध हमला जारी राख्ने छौ – जेक सुलिभन

वि.सं.२०७८ भदौ १४ सोमवार

काठमाडौं ।भदौ १४ गते
अफगानिस्तानमा आतंकवादीविरुद्ध हमला जारी राख्ने अमेरिकाले जनाएकोछ । काबुल विमानस्थलमा हमला गर्नेहरूविरुद्ध आफूहरूको कारबाही अभियान जारी रहने अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभनले बताएका छन् । अमेरिकी सैनिकले शुक्रबार राति अफगानिस्तानमा आईएसआईएसलक्षित ड्रोन आक्रमण गर्दा काबुलमा विस्फोट गराउनेका योजनाकार मारिएको दाबी अमेरिकाको थियो भने पुन.ं आइतबार पनि काबुलमा आत्मघाती कार बम विस्फोट गराउन लाग्दा त्यसअघि नै ड्रोन हमला गरी विफल पारिएको अमेरिकाले दाबी गरेको छ। तर त्यस क्रममा ६ जना बालबालिकासहित ९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
त्यस्तै कार बम हमला गर्न लागेका आतंककारीचाहिँ मारिए मारिएनन् भन्ने कुरा अहिलेसम्म स्पष्ट भइसकेको छैन। आतंकवादी संगठन स्लामिक स्टेटको खुरासान समूह अर्थात् आईएसआईएस–केले अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा बम हमला गर्दा १३ जना अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु भएको थियो भने हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्। यही अगस्ट १५ तारिखदेखि अफगानिस्तानको सत्ता तालिबान समूहले कब्जा गरेको छ।
प्रकाशित समय : ०१:३९ बजे