आज देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना, भोलिबाट मौसममा सुधार आउने

वि.सं.२०७८ भदौ १४ सोमवार

काठमाडौं । भदौं १४
गते पछिल्ला दिनमा यता नेपालमा निरन्तर बर्षा भैरहेको छ । वर्षाका कारण बाढीपहिरोका घटना बढ्न थालेको गृह मन्त्रालय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । त्यस्तै हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैले आज देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने गण्डकी प्रदेश, लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। यस्तै दिउँसो देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलबार देखि भने मौसममा थप सुधार आउने र मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित समय : ०३:३० बजे