निजामती सेवा दिवसको अवसरमा शेरबहादुर देउवाले गरे वृक्षारोपण

वि.सं.२०७८ भदौ १६ बुधवार

काठमाडौं । भदौ १६ गते
प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसको अवसरमा वृक्षारोपण गर्नु भएको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री देउवाले समीको विरुवा रोप्नु भएको हो ।
उहाँल काठमाडौँ महानगरपालिका–१३ विष्णुमति करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण गरि सो अभियानको सुरुवात गर्नु भएको छ । उक्त क्षेत्रमा कपुर २५, समी २५, क्यालेण्ड्रा २०, टिकोमा १५, करविर १५ र वगमवेलीका ३० बिरुवा रोपण गरिएको वन तथा वातावरण मन्त्रालयका सचिव डा.पेमनारायण कँडेलले जानकारी दिनु भएको छ ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शङ्करदास बैरागी, नेपाली सेनाका कामु प्रधानसेनापति प्रभुराम शर्मा विभिन्न मन्त्रालयका सचिव लगायतको उपस्थिति थियो ।
प्रकाशित समय : ०५:३१ बजे