आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा गिरावट

वि.सं.२०७८ भदौ १७ बिहीवार

काठमाडौं । भदौ १७ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा २ सय रुपैयाँले गिरावट आएको छ । आज छापावाला सुनको मुल्य २ सय रुपैयाँले घटेर ९० हजार ८०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका गत बुधबार बजारमा प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
गस्तै चाँदी गत बुधबारको मूल्यमा १० रुपैयाँले बृद्धि हुँदै आज एक हजार २०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत बुधबार बजारमा चाँदी तोलामा १० रुपैयाँले नै सस्तिँदै एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित समय : ०६:२४ बजे