पोखराका विभिन्न स्थानमा गएको पहिरोले घर बगाउँदा पाँचजनाको मृत्यु, पाँचजना घाइते

वि.सं.२०७८ भदौ १८ शुक्रवार

काठमाडौं । भदौं १८ गते
केही दिनदेखि परेको अविरल वर्षाका कारण पोखराका विभिन्न स्थानमा गएको पहिरोले घर बगाउँदा पाँचजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । पोखरा महानगरपालिका–२० भलाममा चार र पोखरा महानगरपालिका–११ काहुँमा एक गरी पाँचको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
त्यस्तै अविरल बर्षासँगै आएको पहिरोमा परी पर्वतको कुश्मा नगरपालिकाका विभिन्न स्थानमा आठ जनाको मृत्यु भएको छ । पर्वतका डिएसपी शिवराज बुढाथोकीलाई उधृत गर्दै पत्रकार साजन परिवारका अनुसार कुश्मा नगरपालिका–३ बुर्लुङमा घरमाथिबाट आएको पहिरोले पुरिएर एकैघरका पाँचको मृत्यु भएको छ ।
पाँच जनामध्ये तीन जनाको शव भेटिएको छ भने दुई जना बेपत्ता छन् । त्यस्तै कुश्मा नगरपालिका–११ पकुवासिल्लीमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । त्यस्तै कुश्मा–८ मै पहिरोले गोठ बगाउँदा एक जनाको मृत्यु भएको पत्रकार परियारले जनाएका छन् ।
प्रकाशित समय : ०२:१९ बजे