विदेश नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने पुर्व प्रधानमन्त्री डा. भट्टराईको कथन

वि.सं.२०७८ भदौ २० आइतवार

काठमाडौं । भदौं २० गते
विदेश नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने जनता समाजवादी पार्टी (जसपा) नेपालमा सङ्घीय परिषद् अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाई छ ।
उहाँले आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै देशको आन्तरिक दलीय राजनीतिलाई वैदेशिक कूटनीतिसँग छासमिस गरियो भने त्यसबाट कोरोनाको नयाँ भेरिएन्ट भन्दा खतरनाक प्रतिगमनको नयाँ भेरिएन्ट जन्मन सक्ने बताउँनु भएको हो ।
पुर्व प्रधानमन्त्री डा. भट्टराई देख्नु हुन्छ ,देशभित्र स्वस्थ राजनीतिक प्रतिस्पर्धा गरौँ तर विदेश नीतिमा राष्ट्रिय सहमति कायम गरौँ,ख्याल राखौँ–अरूलाई खाने बाघले आफूलाई पनि खान सक्छ ।
प्रकाशित समय : ०५:२४ बजे