भारत र रूसबीच ‘विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी गर्न भारतीय मोदीले गरे आह्वान

वि.सं.२०७८ भदौ २० आइतवार

काठमाडौं । भदौं २० गते
भारत र रूसबीच ‘विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’ अनुरूप बृहत् आर्थिक र व्यापारिक संलग्नताको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आह्वान गरेका छन् ।उनले भ्लादिभोस्तोकमा आयोजित छैठौं पूर्वी आर्थिक मञ्चको पूर्ण सत्रको क्रममा एक भिडियो सम्बोधन गरेका थिए ।
उहाँले हीरा, कोइला, इस्पात र काठसहित आर्थिक सहयोगका अन्य सम्भावित क्षेत्रहरू बारे पनि उल्लेख गरेका छन् ।ईईएफ–२०१९ मा भारतीय राज्यका मुख्यमन्त्रीहरूको भ्रमणको सम्झना गर्दै प्रधानमन्त्रीले रूसी सुदूरपूर्वका ११ क्षेत्रका राज्यपाललाई भारत भ्रमणको निम्तो दिएका छन् ।
सन् २०१९ मा उनी मुख्य अतिथिका रूपमा यस मञ्चलाई सम्बोधन गर्ने पहिलो भारतीय प्रधानमन्त्री बनेका थिए ।आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले महामारीको समयमा स्वास्थ्य र औषधि क्षेत्र एक महत्वपूर्ण क्षेत्रका रूपमा देखापरेको बताएका छन् ।
प्रकाशित समय : ०२:२४ बजे