कोभिडविरुद्धको खोप दिएर रोग र महामारीबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता रहेको प्रधानमन्त्री देउवाको भनाई

वि.सं.२०७८ भदौ २१ सोमवार

काठमाडौं । भदौं २१ गते
प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकहरूलाई कोभिडविरुद्धको खोप दिएर रोग र महामारीबाट जोगाउनु नै सरकारको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) को दक्षिणपूर्वी एसियाको ७४ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीमा जनतालाई खोपको पहुँचमा पुर्याउनु सरकारको प्राथमिकता भएको बताउनु भएको हो ।
उहाँले खोपको सहज उपलब्धताका लागि दक्षिणपूर्वी एशियाली मुलुकका प्रतिनिधिसँग सहयोग र पहल गर्न समेत आह्वान गर्नु भएको छ ।
कोरोना महामारीले अर्थव्यवस्थामा असर पुर्याएकाले सुरक्षित भई महामारीसँग जुध्दै अगाडि बढ्नुपर्नेमा देउवाको जोड थियो ।
प्रकाशित समय : ०७:३२ बजे