आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?

वि.सं.२०७८ भदौ २१ सोमवार

काठमाडौं । भदौं २१ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आजको सुनको मूल्य एक सय रुपैयाँले घटेको हो ।आज छापवाला सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँम कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सून प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको छ ।महासंघका अनुसार आइतबार तेजावी सुन प्रतितोला ९१ हजार ५०० र तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार २३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित समय : ०७:४५ बजे