कस्तो रहला तपाईको दिन ? हेर्नुहोस आजको राशिफल

वि.सं.२०७८ भदौ २२ मंगलवार

काठमाडौं । भदौ २२ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति हुनुका साथै आशीर्वाद मिल्ने भने आँटेको र ताकेको कार्य पुरा हुने तथा महिला वर्गबाट सहयोग पनि मिल्नेछ ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
अरुलाई प्रभावित पारेर काम बन्ने योग रहेको छ भने चलाखीपूर्ण बोलीले कार्य सम्पन्न हुने तथा आयआर्जनका क्षेत्रमा सुधार आउनुका साथै पठनपाठनमा प्रगति हुनेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउने योग रहेको छ भने धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने तथा प्रेमीको सहयोग प्राप्त हुनुका साथै छोटो यात्रा पनि होला ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
इनाम र प्रतिष्ठा कमाउने योग रहेको छ भने परिवारमा सुख सन्तोष छाउने तथा अधुरो काम बन्नुका साथै धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज श्रमको उचित मूल्याङ्कन हुने योग रहेको छ भने मनमा हर्ष, उमङ्ग र उत्साह छाउने तथा कला र गलाको प्रभाव बढ्नुका साथै शुभ समाचार पनि सुन्न पाइएला ।
कन्या
, पा, पि, पु, ष, ण, ठ, पे, पो० मन खिन्न हुने स्थिति आउने योग रहेको छ भने कार्य सम्पादनमा सहजता नमिल्ने तथा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज सामाजिक प्रसिद्धि प्राप्त हुने योग रहेको छ भने विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुने तथा सवारी साधनको खरिद बिक्री हुने योग रहेको छ भने लामो यात्रा सुखद् र सफल हुनेछ ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुने योग रहेको छ भने बोलीको भरमा कार्य सहजै सम्पादन हुने तथा अर्थपूर्ण सुखद् यात्रा पनि हुनेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज परिवारका सदस्यहरू सकारात्मक हुने योग रहेको छ भने माया प्रेममा सामिप्यमा बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज मन सम्हाल्न आवश्यक हुनुका साथै दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्ने योग रहेको छ भने शेयर बजारमा पनि उतारचढाव आउन सक्छ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुने योग रहेको छ भने आँटेको र ताकेको कार्य बिस्तारै पुरा हुने तथा आज मातापिता र वरिष्ठ व्यक्तित्वको आशीर्वाद मिल्नेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने योग रहेको छ भने सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ र धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।
प्रकाशित समय : ००:३१ बजे