back

सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री ओलीले निर्वाचन आयोगविरुद्ध दिएको निवेदनमाथि अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । भदौ २३ गते
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगलाई विपक्षी बनाई दायर गरेको तीनवटै रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । दायर भएका दुई रिटमाथि अन्तरिम आदेश दिने वा नदिने विषयको निक्र्योल गर्न दुवै पक्षलाई छलफलका लागि डाकिएको छ ।

नेकपा (एकीकृत समाजवादी) दर्ताको विषयमा र लुम्बिनी प्रदेश सभाका दुई सदस्यमाथि कारबाहीका विषयमा तत्काल अन्तरिम आदेश दिन नसकिने सर्वोच्चको आदेशमा छ ।तीनवटै रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको छ र १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ ।

निवेदकले अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा अन्तरिम आदेश जारी हुने–नहुने सम्बन्धमा दुवै पक्षलाई राखी छलफल गर्न उपयुक्त देखिएकाले मिति २०७८–०५–२८ गते अन्तरिम आदेश सम्बन्धमा छलफलको पेसी तोकी सो कुराको जानकारी विपक्षीहरूलाई दिई नियमानुसार पेस गर्नू’ आदेशमा भनिएको छ ।

यी दुईवटै रिट सँगसँगै राखेर पेस गर्न इजलासबाट आदेश भएको छ । यसैगरी माधव नेपालसहित १४ जनालाई पदमुक्त नगरिएको विषयमा परेको रिटमाथि सर्वोच्चले अन्तरिम आदेश दिन नसकिने प्रस्ट पारेको छ ।


नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०९:४७

काठमाडौं, १५ मंसिर। यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका...

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०८:१७

काठमाडौं, १५ मंसिर। क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक...

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०७:०६

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको...

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:५७

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले  अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग...

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:४८

  काठमाडौं, १५ मंसिर  । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य ...

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:०१

काठमाडौं, १५ कात्तिक । गायक छवि न्यौपाने र गायिका मेलिना...