गृह जिल्ला ताप्लेजुङमा कमेडी च्याम्पियनको फाइनलिष्ट भरतमणि पौडेललाई स्वागत गरियो

वि.सं.२०७८ भदौ २३ बुधवार

काठमाडौं । भदौ २३ गते
गृह जिल्ला ताप्लेजुङमा कमेडी च्याम्पियनको फाइनलिष्ट भरतमणि पौडेलको सानदार स्वागत गरिएको छ । काबेलीबाट मोटरसाइकल ¥याली सहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङ सहित भेषभुषामा सजिएका नागरिकहरूको उल्लेख्य उपस्थितिमा नगरपरिक्रमा गराइएको थियो ।
कमेडी च्याम्पियन सिजनको २ को उपाधि चुम्न सक्ने शुभकामना दिदैँ ताप्लेजुङका नागरिकले फुल, माला, खदा र अबिर प्रदान गरेका थिए । उनको सम्मानमा नगर क्षेत्रका हरेक नागरिकले सडकमा निस्किएर ताली बजाउँदै ‘भरतमणि हाई–हाई भन्दै उनलाई अझ प्रगतिको शुभकामना दिएका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व राजा ज्ञानेन्द्र, पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, पूर्व युवराज पारस, पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराई, पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा, नेता राजेन्द्र महतो सहितका सयौँ व्यक्तिको स्वर दुरुस्तै बोल्न सक्ने क्षमताका भरतमणि पछिल्लो समय पूर्व युवराज पारसको अभियानबाट निकै चर्चामा छन् ।
प्रकाशित समय : ०६:१६ बजे