एमाले सांसदको नाराबाजीपछि प्रतिनिध सभा बैठक स्थगित

वि.सं.२०७८ भदौ २३ बुधवार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिध सभाको बैठक अवरुद्ध गरेको छ। पार्टीले निष्कासन गरेका सांसदहरुलाई बैठकमा प्रवेश दिएको भन्दै एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको हो।
सभामुख अग्नि सापकोटाले अदालतमा मुद्दा विचाराधिन रहेको उल्लेख गरेपनि एमाले सांसदहरु नाराबाजीमा उत्रिएका हुन्।
सांसदहरुले सभामुखले फरक फरक व्यवहार गरेको भन्दै नाराबाजी गरिरहेका छन्। माओवादी सांसदहरुलाई निष्कासन गर्न प्रचण्डले पठाएको पत्रलाई मान्यता दिएको र एमालेले निकालेका सांसदहरुलाई कारवाही गर्ने सूचना नटासेँकोमा विरोध गरेका हुन्।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमालेका १४ जना सांसदहरुलाई कारबाही नगरेको भन्दै सभामुखसँग जवाफ माग गरेका छन् ।
सभामुख सापकोटाले जवाफ दिँदै गर्दा एमाले सांसदहरुले रोस्टम घेराउन गरेका छन्। बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
प्रकाशित समय : १०:५० बजे