back

आज हरितालिका तीज, महादेवको पूजा-अर्चना गरी मनाउँदै

काठमाडौँ । आज हिन्दू महिलाहरु महान पर्व हरितालिका तीज आज मनाईदै । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ ।

अघिल्लो दिन राती पौष्टिक दर खाने भोली पल्ट ब्रत बस्ने गरिन्छ । महिलाहरुले तिजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने चलन छ ।तीजका दिन विहानै नुहाइ धुवाइ गरी भगवान शिवको आरधना गर्दै महिलाहरु नाचगान र रमाइलो गर्ने गरेका छन् ।

हिमालय पुत्री पार्वतीले आफ्नो पति भगवान शिवको लागि केहि नहोस भनी लिएको पहिलो व्रत दिन हरितालिका तीजको दिन थियो । पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिने वचन पिता राजा हिमालयले गरेकोले पार्वतीले आफुले मन पराएको शिवलाई पाउन तपस्या गरेकी थिइन् ।

आफूले तपस्या गरेको वर्षदिन पुग्दासमेत फल नपाएपछि पार्वतीले एकदिन शिवको मुर्ति राखेर निराहार ब्रत बसिन् । यसरी पार्वती निराहार व्रत बसेपछि शिव जी आफै प्रकट भई इच्छा पुरा होस् भनी आर्शिवाद दिएकाले पार्वती र शिवको विवाह भएको विश्वास रहेको छ । उक्त दिन भाद्र शुक्ला तृतिया परेको थियो ।

यसरी शिव र पार्वतीको विवाह सम्पन्न भएपछि हिन्दू नारीहरुले यसदिनलाई हरितालिका तीज चाडको रुपमा मनाउन थालेको मानिन्छ । हाम्रो समाजमा तीजमा विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्ने र अविवाहिताहरुले शिवजी जस्तै योग्य पति पाउने आशा गर्दै व्रत बसी नाचगान गर्छन् । विशेष त यो चाडमा नारीहरुले पतिको आयु लामो होस् भनेर निराहार व्रत बसी भगवान शिवजीसँग प्राथना गर्छन् ।

यसैबीच तीज पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना कारणले पशुपतिनाथ मन्दिर वैशाख पहिलो सातादेखि नै बन्द गरिएको छ ।


कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ–शेखर कोइराला

कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ–शेखर कोइराला

वि.सं.२०७९ माघ २३ सोमवार ११:०१

काठमाडौं, माघ २३ गते । काङ्ग्रेस सरकारमा सहभागी नहुने नेपाली...

प्रधानमन्त्री दाहाललाई थप दुई मन्त्रालयको कार्यभार

प्रधानमन्त्री दाहाललाई थप दुई मन्त्रालयको कार्यभार

वि.सं.२०७९ माघ २३ सोमवार १०:२१

काठमाडौं, माघ २३ गते ।राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका...

प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने छ–मन्त्री शर्मा

प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने छ–मन्त्री शर्मा

वि.सं.२०७९ माघ २३ सोमवार ०९:५४

काठमाडौं, माघ २३ गते ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा...

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ –स्वास्थ्यमन्त्री गिरी

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ –स्वास्थ्यमन्त्री गिरी

वि.सं.२०७९ माघ २३ सोमवार ०९:३६

काठमाडौं, माघ २३ गते । सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको...

राष्ट्रियसभाको आजको बैठकबाट तीन विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकबाट तीन विधेयक पारित

वि.सं.२०७९ माघ २३ सोमवार ०९:११

काठमाडौं, माघ २३ गते । राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा...

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेपाली सुरक्षित रहेको एनआरएनएद्वारा जानकारी

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेपाली सुरक्षित रहेको एनआरएनएद्वारा जानकारी

वि.सं.२०७९ माघ २३ सोमवार ०८:००

काठमाडौं, माघ २३ गते । टर्कीमा आएको भूकम्पमा परी दर्जनौँ...