प्रधानमन्त्री देउवाले दिए तीजको शुभकामना

वि.सं.२०७८ भदौ २४ बिहीवार

प्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले एक विज्ञप्ती मार्फत तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको हो ।
उनले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई समुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना दिएका छन् ।
भाद्र शुक्ल पक्ष तृतीयाका दिन पर्ने हरितालिका तीज भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै पारिवारिक सुस्वास्थ्य र दीर्घायुको कामना एवं विश्वासका साथ मनाउने गरिन्छ ।
प्रकाशित समय : ०१:४८ बजे